‘आदिपुरुष’ रिलिज हुने थिएटरमा भगवान हनुमानका लागि एक सिट खाली राखिने

मुम्बई। अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ सन् २०२३ को प्रतिक्षित फिल्ममा पर्दछ । हालैमात्र यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जुन ट्रेलरलाई दर्शकले मनपराएका छन् । यो फिल्म रिलिजको दुई साता मात्र समय बाँकी छ । यहीकारण निर्माताहरुले प्रचारको अन्तिम चरणलाई तिब्रता दिइरहेका छन् ।
हालैमात्र फिल्मको टिमले नयाँ अफर घोषणा गरेको छ । अफर अनुसार फिल्म प्रदर्शनको समयमा हरेक थिएटरमा एक सीट रिजर्भ हुनेछ । यो बिना बिक्री भएको सिट दर्शकहरुको आस्थाको खुशियाली मनाउनका लागि भगवान हनुमानलाई समर्पण गरिनेछ ।
‘जहाँ पनि रामायणको पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यो हाम्रो विश्वास हो । यो विश्वासलाई सम्मान गर्दै प्रभासको राम अभिनित आदिपुरुषलाई प्रदर्शन गर्ने थिएटरमा हनुमानका लागि एक बिक्री नभएको सिट आरक्षित गरिनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।
फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।









छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया