विदेश पठाइदिने भन्दै ठगी गर्ने महिलासहित दुई जना पक्राउ
मेरोन्यूज
२०८० जेठ २३ गते १८:३४

काठमाडौँ । विदेश पठाइदिने भन्दै ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेर बहादुर तामाङ र झापाको दमक नगरपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ मुना देवी कार्की रहेकी छन् ।
कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।
उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया