कृषि विकास र हिमालयन बैँकबीच सम्झौता

काठमाडौं । पिओएस सेवा सुरुवात गर्ने सम्बन्धमा कृषि विकास बैँक लिमिटेड र हिमालयन बैँक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । कृषि विकास बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बोल्दै दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सेवा लागू भएपछि कृषि विकास बैकले आफ्ना ब्यवसायिक ग्राहकलाई मर्चेन्ट बनाई भिजा, मास्टरकार्ड, युनियन पे जस्ता नेटवर्क आवद्घ डेविट तथा क्रेडिट कार्ड वाहक ग्राहकहले कृषि विकास बैकको मर्चेन्टलाई आफूले खरिद गरेको बस्तु तथा सेवा वापतको भुक्तानी सहज रुपमा गर्न सक्ने विचार व्यक्त गरेका छन् ।
त्यसैगरी यसबाट ब्यवसायिक कारोबार गर्न सहज हुनुका साथै कृषि विकास बैकको निक्षेप परिचालनमा समेत सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
















नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया