बिहीबार, चैत १९, २०८२

कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा

मेरोन्यूज २०८० जेठ २६ गते ११:५५

काठमाडौ,  २६ जेष्ठ । कुमारी बैंकले आज (जेठ २६ गते) देखि १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ ३२ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया