बिहीबार, चैत १९, २०८२

सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

मेरोन्यूज २०८० जेठ २६ गते १३:२८

काठमाडाैं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २६ लाख ५० हजार ८०२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

Advertisement
nepal life insurencenepal life insurence

सेयर खरिद गर्न इच्छुक जो कोहीले आज जेठ २६ गतेदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया