जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा, हत्या गरेको आरोपमा अनुसन्धान

सर्लाही । जिल्लाको हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएपछि जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
घरायसी विवादमा श्रीमान् राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षीया इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो ।
इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।
वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएकोमा पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।
जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको पाइएको प्रहरीको भनाइ छ ।
महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
















निर्वाचनः मुस्ताङमा हिमपातको डर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आज माघ २१ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया