अभिनेता मंगल ढिल्लनको निधन
मेरोन्यूज
२०८० जेठ २८ गते १२:२४

काठमाडौं । बलिउडका चर्चित अभिनेता मंगल ढिल्लनको निधन भएको छ । आइतबार लुधियानाको क्यान्सर अस्पतालमा ढिल्लनको निधन भएको हो । अभिनेता यशपाल शर्माले उनको निधन भएको जानकारी दिएका हुन् ।
ढिल्लन लामो समयदेखि क्यान्सरका बिरामी थिए र पछिल्लो एक महिनादेखि लुधियानाको एक अस्पतालमा उपचार गराइरहेका थिए ।
ढिल्लन अभिनेतासँगै लेखक, निर्माता र निर्देशक पनि थिए। पञ्जाबी फिल्म उद्योगलाई बलिउडमा लैजान उनले विशेष योगदान दिएका छन् । ढिल्लनले साना गाउँका धेरै युवालाई फिल्म क्षेत्रमा ल्याएका थिए । उनको पहिलो फिल्म सन् १९८८ मा आखरी अदालत थियो।
मंगल ढिल्लनको जन्म पञ्जाबको फरीदकोट जिल्लाको वान्डर जटाना गाउँमा भएको थियो।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया