केआरकेको आरोप– अक्षय कुमार मलाई मार्न चाहन्थे

मुम्बई । स्वघोषित फिल्म समीक्षक कमल आर खान विवादित बोलीका लागि बलिउडमा परिचित छन् । उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन् ।
यिनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन् । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन् । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन् । उनले यो कुरामा सलमान खान र शाहरुख खानको कुनै सरोकार नभएको उल्लेख गरेका छन् ।
केआरके अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन् । उनले ट्वीटको सिरिज नै लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन् । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन् । यद्यपि कमलले अहिले ट्वीट हटाइसकेका छन् ।
अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन् । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’को प्रमोसनमा व्यस्त छन् । यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यही दिन सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । यही मितिमा रणवीर कपूरको फिल्म ‘एनिमल’ पनि आउने चर्चा छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया