संघीय निजामती विधेयक अघि बढाउन रोके कानुन र अर्थले

काठमाडौं । संघीय निजामती सेवा विधेयक अघि बढ्ने प्रक्रिया अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले रोकेका छन् ।
साढे दुई महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक राय र परामर्शका लागि कानुन र अर्थ मन्त्रालय पठाएको थियो । तर, दुवै मन्त्रालयले फिर्ता नपठाएपछि विधेयक अघि बढ्न सकेको छैन ।
कानुन र अर्थ मन्त्रालयले विधेयकका बारेमा कुनै निर्णय नगर्नाले विधेयक अघि बढ्ने कार्य रोकिएको संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार संघीय निजामती सेवा विधेयकमा रहेका केही प्रावधानप्रति अर्थ मन्त्रालयले ‘अब्जेक्सन’ जनाउँदै रायसहितको विधेयक फिर्ता पठाएको छैन ।
कानुन मन्त्रालयले पनि विधेयकबारे उपयुक्त परामर्शसहित विधेयक फिर्ता नगरेको संघीय मामिला सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् । दुवै मन्त्रालयले सुझावसहित फिर्ता नपठाएपछि विधेयक अघि बढ्ने बाटो अवरुद्ध भएको उनले बताए ।
विधेयकमा भएका कतिपय प्रावधान कर्मचारीमैत्री नभएको भन्दै कर्मचारी संगठनहरू पनि असन्तुष्ट छन् । ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल नगरी विधेयक अघि बढाएको भन्दै कर्मचारी सम्वद्ध ट्रेड युनियनहरू आन्दोलित भएका थिए ।
सामान्यले विधेयक कानुन र अर्थमन्त्रालयबाट सहमति प्राप्त भएर आएपछि मन्त्रिपरिषद्मा पठाइने बताउँदै आएको छ । यस अघि विधेयकका प्रावधानबारे व्यापक विरोध भएपछि सरकारले विधेयक संशोधान गर्न भन्दै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिले पनि काम गरिरहेको छैन ।
प्रस्तावित विधेयकमा विशेष गरी प्रदेशको मुख्य सचिव र प्रदेश सचिव तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत केन्द्रको हुने कि प्रदेश तथा स्थानीय सेवाकै हुने भन्ने विषयमा विवाद छ ।
विभिन्न पदहरूमा बढुवा र वृत्ति विकासका लागि राखिएका प्रावधानमा पनि कर्मचारी संगठननहरूले असन्तुष्टि जनाउँदै आएका छन् । कर्मचारीको माग सम्बोधन गरी छलफल गरिने भन्दै सरकारले उपप्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन गरेको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया