निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार
बैरागी नेपालमै पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।
बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैरागीको तीन वर्षै कार्यकाल आगामी असोज १४ मा सकिदैथ्यो । उनलाई राजीनामा दिन लगाएर असार ३ मा पदमुक्त हुन लागेको बैकुन्ठ अर्याललाई सरकारले मुख्यसचिव बनाएको हो। बैरागीलाई मन्त्री स्तरीय सेवा सुविधा दिने गरी सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय लिएको छ ।
बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने पहिलो पटक नियुक्त गरिएको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् ।त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया