दोस्रो ‘वार्मअप’ खेलमा नेपाल विजयी, कुशलले शतक हान्दा ओमन पराजित

काठमाडौँ । ओपनर कुशल भुर्तेलको शतक प्रहारसँगै विश्वकप छनोटको दोस्रो ‘वार्मअप’ म्याचमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।
टर जितेर पहिले ब्याटिङ गरेको ओमनले अन्तिम ओभरमा २६७ रन बनाउँदै अल आउट भएको थियो । बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलमा सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले १ विकेट लिए ।
ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ खेले । उनले ९४ बलमा १०१ रन बनाए ।
अर्का ओपनर आसिफ शेख २४ बल खेल्दै २३ रनमा आउट हुँदा भिम सार्कीले ७४ बलमा ५६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २६ रन, कप्तान रोहित पौडेलले ३१ रन र कुशल मल्ले १७ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य रन बनाएनन् ।
नेपालले पहिलो वार्मअपमा यूएईसँग ३ विकेटको हार बेहोरेको थियो । नेपाली टिम अहिले विश्वकप छनोटका लागि जिम्बावेमा छ ।
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया