१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुशी छन् ।
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरू खुशी हुन् । उसो त आयोजना शुरू भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो ।
‘सदियौंदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ । वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन,’ बडघर घर्तीमगर भन्छन्, ‘२०५७र०५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुशीयाली छाएको मात्रै छैन, सपना पूरा भएको छ ।’ उनले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने गरेको बताए ।
आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुशी व्यक्त गरेका छन् । किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन् ।
आर्थिक वर्ष २०६७र६८ देखि निर्माण शुरू भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन ।
पटक–पटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पुर्याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताए । यसपटक मूल नहरबाट पानी ल्याई ३ वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिए । त्यो पानीले १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ हुनेछ ।
‘हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म ३ वटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ । अब नियन्त्रित रूपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ । यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ ।’
यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो । पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए ।
हरेक वर्ष कुलाको मुहान खन्न हजारौं किसानले काम गर्नुपर्ने बाध्यता थियो । किसानले वर्षमा २ पटक कुला खन्न जानुपर्थ्यो । हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करीब १ महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउँछन् ।

















काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
इरान–इजरायल युद्ध फैलिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया