बुधबार, माघ २१, २०८२

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

मेरोन्यूज २०८० असार २ गते १८:३४

रौतहट । जिल्लाको मौलापुर नगरपालिका ५ स्थितबाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सर्लाही मलङ्गवा नगरपालिका ७ बस्ने ४५ वर्षीय उमेश राय र ६५ वर्षीय मोहन राय रहेका छन् ।

इलाका प्रहरी कार्यालय मौलापुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको युपी ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलको सिटमुनी उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया