बुधबार, माघ २१, २०८२

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका रायमाझी बाउ-छोरा एउटै कोठमा बस्‍न नपाउने

मेरोन्यूज २०८० असार ३ गते ७:४०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएका पुर्वउपप्रधानमन्त्री, एमालेका निलम्बित सचिव तथा निलम्बित सांसद टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप जेलमा एउटै कोठमा बस्न नपाउने भएका छन् ।

शुक्रबार न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रायमाझी बाबु–छोराले एउटै कोठामा राखिदिन आग्रह गरेका थिए ।

शरणार्थी प्रकरणमा उनीहरू बाबुछोरासहित १६ आरोपितलाई शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।

टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई एउटै ब्लक भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए ।

जेल प्रसासनले टोपबहादुर र छोरा सन्दीपको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रहलाई अस्वीकार गरेको स्रोतले बतायो । जेल प्रसासन स्रोतले भन्यो, ‘उहाँहरूको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रह थियो । तर, प्रसासनले एउटै कोठमा बस्न दिन नसकिने निर्णय गरेको छ । त्यो हामीले उहाँहरूलाई जानकारी गराइसकेका छौँ ।’

एउटै कोठामा बस्न नदिने निर्णय गर्नुको कारणबारे जेल प्रशासनले खुलाएको छैन ।

रायमाझीका बाबुछोरा राखिएको ब्लकमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसी हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई राखिएको छ ।

प्रतिक्रिया