शतक बनाउन एक रनले चुके कुशल, ओपनिङमा नेपालको कीर्तिमानी साझेदारी
मेरोन्यूज
२०८० असार ३ गते १४:४३

काठमाडौँ । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ । जसमा कुशल भुर्तेलले ९९ रन प्रहार गरे ।
ओपनर भुर्तेलले ९५ बलमा ९९ रन बनाएर आउट भए । यस्तै आसिफले ९६ बलमा ६५ रन बनाएर खेलिरहेका छन् ।
विश्वकप छनोट खेलमा जिम्बाव्वेविरुद्धको ओपनर भुर्तेल र आसिफ शेखले १७१ रनको विशाल साझेदारी गरेका हुन् । ओपनिङमा नेपालका लागि अहिलेसम्मको यो सर्वाधिक साझेदारी रन हो ।
उनीहरूले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार सुधार गरेका हुन् । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमानविरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।
उनीहरूले कीर्तिमानी साझेदारी बनाउँदै गर्दा ३१.५ ओभरको खेल सकिँदा नेपालले १७१ रन बनाएका हुन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया