उपेन्द्रको धम्कीपछि ‘समाजवादी मोर्चा’बाट बाहिरिए बाबुराम

काठमाडौँ । सोमबार घोषणा गरिएको ‘समाजवादी मोर्चा’मा दुई नेताबीच एकले अर्कालाई नस्वीकार्ने चेतावनीपछि एक नेता बाहिर बस्न बाध्य भएका छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मोर्चाबाहिर रहने धम्की दिएपछि डा. बाबुराम भट्टराई मोर्चाबाट बाहरै रहेका छन् ।
यादवको धम्कीपछि मोर्चाको अवधारणा बाहिर ल्याउने डा. भट्टराई नै मोर्चाबाट बाहिर बस्न बाध्य भएका छन् । मोर्चाको नेतृत्वकर्ता प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नचाहदा नचाहदै डा. भट्टराईलाई बाहिर राखेर मोर्चा घोषणा गर्न बाध्य भएका छन् ।
एक समय डा. भट्टराई र यादव एउटै पार्टीमा थिए । पार्टी थियो जनता समाजवादी पार्टी । तर, दुई नेताबीच कुरा नमिलेपछि डा. भट्टराईले आफ्नो समूह बाहिर निकालेर नेपाल समाजवादी पार्टी बनाएका छन् । २०७९ असार २९ सम्म बाबुराम जसपाकै संघीय परिषद् अध्यक्ष थिए। तर, उपेन्द्र यादवसँग नमिलेपछि नेसपा गठन गरे।
वामपन्थी धारका पार्टीहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोर्चामा समेटिएका छन् ।
समाजवादी मोर्चा बनाउन माओवादी केन्द्र, जसपा, नेकपा एस र डा. भट्टराई नेतृत्वको नेसपाको संवाद समिति बनेको थियो । संवाद समितिमार्फत समाजवादी मोर्चा बनाउन निरन्तर छलफल हुँदै आएको थियो। छलफलमा भट्टराईको पनि सहभागिता हुँदै आएको थियो। तर, मोर्चा घोषणामा उनी भट्टराई छुटेका छन् । प्रधानमन्त्री दाहालले यादव र डा. भट्टराईलाई समेट्न गरेको प्रयास असफल भएपछि डा. भट्टराईलाई बाहिर राखि मोर्चा घोषणा गरिएको नेताहरू बताउँछन् ।
सत्ता समीकरणका कारण दाहालले जसपालाई साथ लिएर हिँड्नुपर्ने बाध्यता भएपछि डा.भट्टराईलाई मन नहुँदा नहुँदै छोड्न बाध्य भएका हुन् । मोर्चा घोषणा कार्यक्रममा भने दाहालले डा. भट्टराई छुटेको विषयमा कुनै अभिव्यक्ति दिएनन्।
डा. भट्टराईको पार्टी २०७९ मंसिर ४ को संघीय निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर चुनाव लडेको थियो । अहिले दाहाल नेतृत्वको सरकारमा नेसपाकै नेता महिन्द्र राययादव पनि मन्त्री पनि छन्।
समाजवादी मोर्चा बनाउने पहलमा लागिरहेका डा. भट्टराईले नेसपा गठन गरेपछि माओवादीसहित पूर्वमाओवादी घटकसँग एकता गर्ने गरी लागेका थिए। उनको पहलले सार्थकता पाएर समाजवादी मोर्चा घोषणा त भएको छ, आफै बाहिर बस्न बाध्य भएका छन् । सुत्रधार आफै छुट्नमा यादव नै प्रमुख कारण रहेको नेताहरू बताउँछन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया