विश्वकप छनोटमा खर्चिलो बन्दै ‘सन्दीप’

काठमाडौँ । बलिङमा विश्व कीर्तिमान बनाएका बलर सन्दीप लामिछाने जारी विश्वकप छनोटमा खर्चिलो बन्न पुगेका छन् । विश्वकप छनोट खेलमा उनी लगातार दुई खेल विकेटविहीन बन्दै खर्चिलो बनेका हुन् ।
सन्दीपले सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
उनले ४२ खेलमा सय विकेट लिँदै यो कीर्तिमानमा आफ्नो नाममा लेखाएका हुन् । तर, विश्वकप छनोट दुई खेलमा उनी विकेटविहीन बनेका हुन् ।
अमेरिकाविरुद्ध जारी खेलमा सन्दीपले १० ओभरमा ५८ रन खर्चिए । उनीपछि सबैभन्दा धेरै रन गुल्सन झाले खर्चिएका छन् । तर, झाले तीन विकेट हात पारेका छन् ।
यसअघि जिम्बाब्वेविरुद्ध उनले ७७ रन खर्चिएका थिए । जिम्बाब्वेविरुद्ध पनि उनी नै सबैभन्दा खर्चिलो बलर बने ।
जिम्बाब्वेविरुद्धको खेलमा बलर नचल्दा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले २ विकेट गुमाएर पूरा गरेको थियो ।
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया