अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी
ब्याटिङमा भीम सार्की सम्हालिए, बलिङतर्फ करणले आक्रमक खेले

काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
अमेरिकाविरूद्ध ब्याटिङमा भीम सार्कीले सम्हालेर खेललाई अगाडि बढाएका थिए । यस्तै, बलिङतर्फ करण केसीले आक्रमक खेल खेले । उनले चार विकेट लिए ।
नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे । उनले ११४ बल खेल्दै अविजित ७७ रन बनाए । यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरे ।
यस्तै, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १६ रन, कुशल भुर्तेल ३९ रन र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए ।
बलिङतर्फ करण केसीले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
गुल्शन झाले तीन विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कूल ३ विकेट लिएका हुन् । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
यस्तै, अमेरिकाका लागि ओपनर सुशान्त मोदानीले ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द सिंह २६ रनमा आउट भए ।
सायन जँहागिरको अविजित शतकमा अमेरिकाले राम्रो पुनरागमन गरेको हो । क्याच आयटबाट बचेका उनले सय रन बनाए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया