सोमबार, वैशाख ७, २०८३

विवाहको ११ वर्षपछि पिता बने साउथ स्टार रामचरण

मेरोन्यूज २०८० असार ६ गते १२:४१

काठमाडौँ। साउथका चर्चित स्टार रामचरण पिता बनेका छन्। उनकी श्रीमती उपासना कामिनेनीले मंगलबार छोरीलाई जन्म दिएकी हुन्। विवाहको ११ वर्षपछि यो जोडीको पहिलो सन्तान हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार राति, अभिनेता आफ्नी श्रीमती र आमाबाबुको साथ हैदराबादको अस्पतालमा प्रवेश गरेको देखियो। त्यसयता फ्यानहरु शुभ समाचारको प्रतिक्षामा थिए।

यो खबर सार्वजनिक हुनासाथ रामचरणका फ्यानहरु खुसी भएका छन् । सामाजिक सञ्जालमा धेरै भिडियोहरु सार्वजनिक भएका छन्, जसमा फ्यानहरु अस्पतालबाहिर उत्सव मनाउँदै गरेको देखिन्छ । फ्यान बाहेक धेरै सेलिब्रेटीले पनि उनलाई बधाई दिएका छन् ।

प्रतिक्रिया