आयुष्मान र आशिरमानले गरिदिए आमाको विवाह
मेरोन्यूज
२०८० असार ८ गते १२:३२

काठमाडाैं । नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् । बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्याएका थिए ।
पूर्व बैंकर रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।
विवाह समारोहमा जोशी परिवारकी बुहारी तथा अभिनेत्री प्रियंका कार्की, अभिनेत्रीद्वय परमिता आरएल राणा र निरिशा बस्नेतको पनि उपस्थिति रहेको थियो ।
च्यापम्यान बेलायती नागरिक हुन् । उनी आफ्नो छोरीसहित विवाहका लागि गत हप्ता नेपाल आएका थिए ।
हजुरआमा बनिसकेकी रविनाको यो विवाहलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक टिका-टिप्पणी भइरहेका छन् ।

सम्बन्धित

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया