आइतबार, चैत १५, २०८२

म्यानचेस्टर सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा आवद्ध

मेरोन्यूज २०८० असार ११ गते १४:२१

काठमाडौं । कप्तानका रूपमा म्यानचेस्टर सिटीलाई एकै सिजनमा तीन उपाधि जिताएका इल्काइ गुन्दोआन स्पेनिस लीग च्याम्पियन बार्सिलोनामा आवद्ध भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सिटीसँगको सम्झौता सकिएपछि गुन्दोआन ुफ्री एजेन्टुका रूपमा बार्सिलोनामा आवद्ध भएका हुन् ।

गुन्डोगानको कप्तानीमा सिटिले यो सिजन इङ्ग्लिस प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो।

बार्सिलोनाले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत गुन्दोआनलाई स्वागत गरेको छ भने सिटीले बिदाइ गरेको छ । उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ ।

प्रतिक्रिया