विदेशी प्रेमिका बनेर आठ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छिन् ।
त्यसरी मानिसहरुलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका ८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ ।
त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनु पर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
उनले भने, “सुरुमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर गठी कार्य गर्ने ललितपुरका महिला भएको पहिचान भयो ।”
सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरुलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीका अनुसार विदेशी नागरिक भनेपछि नेपालीहरु त्यसै लोभिन्छन् । त्यसमाथि उनी पीडितलाई साथी भई म्यासेजमार्फत कुराकानी गर्दा पीडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी ह्वाट्एपबाट सम्पर्क गर्न थाल्छिन् ।
म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडतलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।
त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाइँको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ ।
उनले पटक–पटक गरी जम्मा आठ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडितहरु प्रहरीमा आइपुगेका छन् । उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।
















President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
स्वास्थ्य बिमा समस्याकाे समाधान गर्दै प्रधानमन्त्री
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया