आजकाे तरकारी मूल्य : रायाेकाे साग ४७ रूपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महङ्गो रहेको छ । आज लोकल बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र अभोकाडो ६५० रुपैयाँ पर्नेछ ।
नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएकाे छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँ पर्नेछ ।
स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ तोकेकाे कालिमाटी बजारले राजमा घिउ सिमी, भटमासकोशा र तरबुजा ९५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँ कायम गरिएकाे छ ।
साथै, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा काराेबार हुनेछ ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया