५०० कराेड बजेटकाे ‘आदिपुरुष’काे कमाइ ३०० करोड पनि पुगेन

मुम्बइ । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ जुन १६ मा हलमा रिलिज भएको थियो । महाकाव्य रामायणमा आधारित फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो।
फिल्मले पहिलो दिन ८५ करोडभन्दा बढी कमाई गरेर कीर्तिमान बनाए पनि ओपनिङ वीकेन्डपछि यसको कलेक्सनमा क्रमशः गिरावट आएको छ । योसँगै फिल्म रिलिजको १२ औं दिनमा मंगलबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।
सकनिल्कको रिपोर्ट अनुसार ‘आदिपुरुष’ले रिलिजको १२ औं दिन अर्थात दोस्रो मंगलबार करिब १ करोड ७५ लाख कलेक्सन गरेको छ । यो फिल्मको अहिलेसम्मकै कम कलेक्शन हो । योसँगै ‘आदिपुरुष’को कुल कमाई २७९.६३ करोड पुगेको छ ।
‘आदिपुरुष’ को बक्स अफिसको कमाइ अब सकिएको छ । फिल्मको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव देखिन्छ ।
यस्तो अवस्थामा प्रभासको ५०० करोडको बजेटमा बनेको यो फिल्म आफ्नो लागत निकाल्न पूर्ण रूपमा असफल सावित भएको भारतीय मिडिया एबिपी लाइभले जनाएको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया