बुधबार, वैशाख २३, २०८३

मुलुकभर वर्षात हुने, तराईमा हावाहुरी चल्ने

मेरोन्यूज २०८० असार १४ गते ६:१८

काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर आँशिक बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

Advertisement
NiccNicc

दिउँसो देशभर बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राति देशभर बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाले मेघगर्जन र चट्याङ तथा हावाहरीसहित हुने भारी वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूमा पार्न सक्ने प्रभाव, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया