जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा आज सार्वजनिक बिदा
मेरोन्यूज
२०८० असार १५ गते ६:२७

कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया