आज श्री एअरलाइन्सका सबै उडान स्थगित
मेरोन्यूज
२०८० असार १७ गते ८:३२

काठमाडौँ । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतबारका लागि पूर्वनिर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी प्रेस नोट जारी गरेर आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिएका छन् । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।
सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।
शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराइएको थियो ।
त्यो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

सम्बन्धित
















गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
SAFF U-19 Women’s Championship: India defeats Bhutan by 8-0
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया