सरकारको लापर्बाहीले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुने अवस्थामा

काठमाडौँ । सरकारको लापर्बाहीले मिटरब्याजपीडितलाई न्याय दिन ल्याएको अध्यादेश निष्क्रिय हुने स्थितिमा पुगेको छ । आगामी बुधबार २० असारमा अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रतिनिधिसभाबाट पास नभएमा अध्यादेश निष्क्रिय हुनेछ ।
सरकारको लापर्बाहीले प्रतिनिधि सभामा पेस गर्न ढिला भएकाले अध्यादेश निष्क्रिय हुने अवस्थामा पुगेको हो ।
२० वैशाख २०८० मा सरकारले अध्यादेश ल्याएको थियो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न, घरसारमा हुने लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था अध्यादेशमा छ ।
अध्यादेश प्रतिनिधि सभाबाट गत वैशाख २७ र राष्ट्रियसभाबाट गत ५ जेठमा स्वीकृत भएको थियो । दुवै सभाबाट स्वीकृत भएको अध्यादेशमा भएको प्रावधानलाई निरन्तरता दिन प्रतिस्थापन विधेयक ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक ६० दिनभित्र राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा ११४ मा ६० दिनभित्र प्रमाणीकरण नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक छलफलका लागि आइतबार संसदमा प्रस्तुत गरेका थिए । संसदमा सैद्धान्तिक छलफलको क्रममा अन्तिम समयमा विधेयक ल्याएकोमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेपछि मन्त्री गुरुङले माफी मागेका थिए ।









कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया