सोमबार, मंसिर ८, २०८२

कार्तिक र कियाराको ‘सत्य प्रेम की कथा’ले चार दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० असार १८ गते ११:५२

काठमाडौं । कार्तिक आर्यन र कियारा आडवाणी अभिनित फिल्म ‘सत्यप्रेम की कथा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात आइतबार १२ करोड भारु कमाएको छ । योसँगै फिल्मले चार दिनमा कुल ३८ करोड भारु कमाएको छ ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.२५ कराेड भारूकाे कमाइ गरेकाे थियाे । त्यस्तै दास्रोदिन (शुक्रबार) सात र तेस्रो दिन (शनिबार) १० करोड भारू कलेक्सन गरेकाे थियाे । आइतवार भने फिल्मको कमाईमा वृद्धि भइ १२ करोड भारु पुगेको हो।

कार्तिकका पछिल्ला फिल्म फ्लप हुँदै आएका थिए । उनको केहि समय अघि मात्र रिलिज भएको ‘शहजादा’ ले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । कार्तिकलाई हाल यस फिल्मबाट धेरै आशा छ ।

विवाहपछि कियाराको यो पहिलो फिल्म हो ।

प्रतिक्रिया