नवौँ पटक भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
मेरोन्यूज
२०८० असार २० गते ७:०६

काठमाण्डौ – भारतले १४ औँ सस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । गएराति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
शबैश अल खाल्दीले खेलको १४ औँ मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर कुवेतले अग्रता जोगाउन सकेन । लल्लियान्जुआला चाग्तेले ३८ औँ मिनेटमा गोल गरी भारतलाई बराबरीमा ल्याए ।
पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।
भारतले योसहित नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया