गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैद

काठमाडौं । गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।
काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद ,त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको अनुसन्धानकै क्रममा पछि समिरमानसिंह बस्नेतको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत माया शेरचनविरुद्धसमेत मुद्दा दायर गरिएको थियो ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया