वीरगञ्जको रेडियोदेखी युट्युवसम्म नबिन गिरीको यात्रा, जसले युट्युबकै कारण राजधानीमा घर, गाडी जोडे

सर्लाहीका नबिन गिरीले सुरुमा रेडियो पत्रकारिता गरे । २०६७ सालमा वीरगञ्जस्थित रेडियो नारायणीबाट उनले पत्रकारिता थाले । दुई वर्षसम्म त्यो रेडियोमा काम गरेपछि सन् २०१४ देखी काठमाडौँबाट सञ्चालित टिभी फिल्मीमा साढे २ महिना काम गरे ।
सर्लाहीको सरस्वति उच्च माध्यमिक विद्यालय, हजरियाबाट एसएलसी दिएका नबिन अरु भन्दा फरक देखिन चाहन्थे । ‘म सानैदेखी प्राविधिक कुरामा रुची राख्थें । पुरानो ब्याट्री जोडेर बत्ति बाल्ने काम गर्थें ।’ उनले सुनाए, ‘साँझ परेपछि मलाई भेट्न गार्है थियो । नजिकैका घर, आफन्तहरुको बत्ति नबलेको ठाउमा जडान जडान गर्थें ।’ उनले निःशुल्क रुपमा सेवा प्रदान गर्थे ।
किनकी पैसाका लागि भन्दा पनि रहरका लागि उनले त्यो काम थालेका थिए । उनमा कतिसम्म कौतुहलता जागेको थियो भने अरुका घर–घर धाएर बिग्रेका रेडियो बनाउने काम गर्थे । रेडियोमा कसरी आवाज आउँछ ? त्यसभित्र मानिस हुन्छन् कि ? उनलाई बडो खुल्दुलि लाग्थ्यो । एकदिन त उनले रेडियोको स्पिकर खोले । ‘त्यसभित्र मानिस निकाल्छु भनेर खोतलें । त्यो आवाज कहाँबाट आउँछ भन्ने लाग्थ्यो ।’ उनले त्यो पल सम्झिए, ‘रेडियोभित्रको माइक्रोफोनमा भएको कालो कपडा च्यातें । तर, मानिस त थिएनन् ।’

नबिनको किस्सा यत्तिमै सकिदैन । उनले खोलेको रेडियो बिग्रिएर बज्न छोड्यो । बुबाको हातबाट उनले नराम्रोसँग पिटाई खाए । पछि बरहथवा बजार गएर बुबाले बिग्रिएको त्यो रेडियो बनाउनुभयो । त्यो रेडियो मेकानिकसँग केही सिक्नका लागि नबिन पहिले नै भेट्न गईरहन्थे ।
टेक्निकल विषय पढ्नका लागि नविन वीरगञ्ज पुगे । मोबाइल, कम्प्युटर जस्ता विषय पढ्नुपर्छ भन्ने उनको मनमा गढेको थियो । वीरगञ्जमा उनले आधारभुत कम्प्युटर पढे । ‘इन्टरनेट प्याकेज पढ् भन्नुभो सरले । त्यसपछि टेली पढें ।’ नबिनले सुनाए, ‘मलाई हार्डवेयर डिप्लोमा पढ्न मन थियो । ३५ हजार रुपैंयाँ तिरेर हार्डवेयर डिप्लोमा पढें ।’ त्यो दुई वर्षको कोर्ष थियो । सिटीइभिटीले प्रदान गर्ने मोबाइल रिपेयरिङ एक वर्षको निःशुल्क कोर्ष गरेपछि औपचारिक पढाई भन्दा पनि टेक्निकल फिल्डमै उनी केन्द्रित भए ।
‘त्यो बेला कम्प्युटरको किरा नै बनियो नि ।’ सुरुवाती संघर्षका दिनहरु सम्झिदै नबिनले सुनाए, ‘सरकारी कार्यालयमा बिग्रेका कम्प्युटर बनाउँन निजगढ, हेटौंडासम्म पुगियो । एक महिनासम्म काम गरियो । साहुले ठेक्का लिन्थ्यो ।’ अर्को महिना काम गर्दा एक महिनाको जम्मा १५ सय रुपैंयाँ दिए । १० हजार रुपैंयाँ पाउने आशा थियो । दसैंको बेला थियो । साहुले पछि हेर्छु नि भने । तर, दसैंपछि भने त्यहाँ अर्कै मानिस राखिसकेको थियो ।
एक पटक नबिनलाई कम्प्युटर बिग्रियो भनेर रेडियोको स्टेसशनमा बोलाए । केसि लामिछाने त्यो बेला रेडियो स्टेसन म्यानेजर थिए । पर्सा जिल्लाको पत्रकार महासंघका पूर्व अध्यक्ष लामिछानले उनलाई जागिरको अफर नै गरे । नबिनले सुरुमा रेडियोमा टेक्निसियनको भूमिका निभाए । त्यसपछि मात्र बल्ल न्युजको जिम्मेवारी पाए । उनले साप्ताहिक रुपमा ‘नमस्ते कलिउड’ झन्ने कार्यक्रम चलाए । यो कार्यत्रम पाँच महिनासम्म चल्यो । उनलाई बिभिन्न कलाकारहरूसँग यो कार्यक्रमले नजिक्यायो ।
सन् २०१४ मा काठमाडौँ प्रवेश गर्ने बित्तिकै नबिनले टिभी फिल्मीमा फिल्ड रिर्पोटिङ गरे । त्यसपछि रेडियो अडियोमा काम गरे । त्यहाँ पनि १८ दिन मात्र काम गरे । उनी फेरी हाइलाइट्स नेपालमा पुगे । त्यतिबेलासम्म युट्युबबारे उनलाई खासै ज्ञान थिएन । हाइलाइट्स नेपालमा ज्वाइन गर्दा ७ सय माक्र सब्सत्राइबर थियो । सञ्चालक ओम गुरुङले नबिनलाई जागिरका लागि बोलाउनु भएको थियो । एक जना चलचित्र निर्देशकले त्यहाँ जागिर खानका लागि सिफारिस गरेका थिए । युट्युबबारे ज्ञान छ ?’ उनलाई जागिर खाने बेला सोधियो । ‘थाहा छ ।’ उनले भने ।
खासमा नबिनले राम्ररी युट्युबबारे बुझेकै थिएन ।
त्यसदिन उनी ‘एक जना साथीलाई भेट्नु छ’ भनेर हतार–हतार निस्किए । पुतलीसडकनेर एउटा साइबर थियो । त्यहाँ गएर युट्युब के हो ? युट्युवको इतिहास, कसरी सञ्चालन गर्ने, त्यसमा अपलोड गरिएको पहिलो भिडियो के थियो, कसले अपलोड गरेको थियो जस्ता विविध कुराहरु उनले कुरा सिके । भोलीपल्ट हाइलाइट्स नेपालको कार्यालयमा उनले राम्रोसँग अन्तरवार्ता दिए । उनले युट्युबको जिम्मेवारी लिए । त्यहाँ प्रमुख भएर उनले चार वर्ष काम गरे ।

बिभिन्न म्युजिक कम्पनीले भर्खरै बजारमा निस्किएका लोक दोहोरीका गीत, भिडिओहरु हाइलाइट्स नेपाललाई उपलब्ध गराउँथे । लगभग २ सय बढी कम्पनीले नियमित रुपमा त्यसरी भिडिओ उपलब्ध गराउँथे । नबिनले थम्बनेल, टाइटल बनाउँने र युट्युबमा गीत अपलोड गर्थे । सुरुमा अफिसको क्यामेरा बोकेर उनले बिभिन्न कलाकारहरुको अन्तवार्ता लिए ।
त्यसबेला अन्तवार्ताकै क्रममा कलाकार दीपकराज गिरी, नरेश भट्टराई, झरना थापा, शुभेच्छा थापा, दुर्गेश थापा, प्रियंका कार्की, रेखा थापासँग नबिनको राम्रो सम्बन्ध बन्यो । हाइलाइट्स नेपालमा उनले सन् २०१६ सम्म काम गरे । कलाकार टंक तिल्सिना, दुर्गेश थापा लगायत केही म्युजिक कम्पनीको उनले युट्युब च्यानल खोलिदिए । ‘सबै गरेर मैले अरुको मात्रै २ सय वटा युट्युब च्यानल खोलें ।’ उनले सुनाए, ‘त्यो बेला नेपालबाट मोनिटाइज हुँदैनथ्यो । मुलुक नाम अर्कै राख्थ्यौं ।’
हाइलाइट्स नेपालमा हासिल गरेको सीप र अनुभव नविनले आफ्नो जीवनमा लागु गरे । सन् २०१६ मै उनले आफ्नै च्यानल अनलाइन टिभी नेपाल सुरु गरे । पहिलो भिडिओ अन्तवार्ता उनले गायिका ज्योती मगरसँग आफैले लिए । एक जना क्यामेरा म्यान थिए, शुसील श्रेष्ठ । भिडिओ एडिट उनी आफै गर्थे । त्यो सीप भएर पनि उनलाई काम गर्न सजिलो भयो ।
युट्युवबाट पहिलो कमाई
नबिनले च्यानल खोलेको दोस्रो महिनापछि २ सय २९ डलर कमाई भयो । त्यसपछि कहिल्यै उनको आम्दानी रोकिएन । कसरी भ्युज बढाउने, कसरी पैसा कमाउने, थम्बनेल कस्तो बनाउने, शिर्षक कस्तो बनाउने, ट्याग के राख्ने भन्नेबारे उनलाई राम्रो ज्ञान थियो ।
नबिनले अनलाइन टिभी नेपालको टिम बलियो बनाए । आफ्नै भाइ सरोज एसएलसी दिएर आएपछि उनलाई पनि टिममै सहभागी गराए । उनलाई काम गर्न झन् सजिलो भयो । ‘भाई सरोजले एडिट गर्थे । म र शुसील फिल्डमा खटियौं ।’ नबिनले सुनाए, ‘हामीसँग सामान्य कम्प्युटर थियो, रेन्डर हुन २ घण्टा लाग्थ्यो । पछि किरण पौडेल पनि जोडिए ।’
यसरी नबिनले बसालेको अनलाइन टिभी नेपालको जग अहिले बलियो बनिसकेको छ । शुन्यबाट खोलेको युट्युबले अहिले १६ लाख बढी सब्सक्राइबर पाईसकेको छ । त्यसबेला सुरुमा खोलेको अनलाइन नेपाल टिभीमा ७० हजार सब्सक्राइबर पुगिसकेको थियो । बिचैमा उड्यो । त्यसपछि अनलाइन टिभी नेपाल उनले सञ्चालन गरे । अहिले उनीसँग जे छ, त्यो युट्युबकै कारण हो । घर, गाडी उनले युट्युबकै आम्दानीले जोडे । तर, यो सफलता उनले सजिलै हासिल गरेका होईनन् । सुरुवाती दिनमा उनले राती १२, १ बजेसम्म काम गरे । मध्यरात ३ बजे उठेर फेरी उनी काममा खटिन्थे । त्यसबेला युट्युवसँगै फेसबुक इन्स्ट्यान्ट आर्टिकल कमाउने अर्को बलियो माध्यम थियो ।
नबिनले सञ्चालन गरेको फेसबुक पेज अनलाइन टिभी नेपालमा ६० लाख भन्दा बढी लाइक्स थियो । उनीसँग ५ वटा फेसबुक पेज थिए । सबैमा समाचार अपडेट हुन्थ्यो । युट्युब र अनलाइन गरेर उनले १५ जना जतिलाई त्यसबेला रोजगारी दिएका थिए । अहिले कोभिडपछि त्यो संख्या घटेर आधा पुगेको छ । अहिले बजारमा नाम चलेका थुप्रै युट्युवर र सञ्चारकर्मीले उनले जग बसालेको अनलाइन टिभी नेपालमा कुनै समय काम गर्थे ।
नबिनले पाएका सम्मान तथा अवार्ड
पत्रकारिताका दौरानमा नबिनले थुप्रै सम्मान तथा अवार्ड पाएका छन् । आफ्नै गृह जिल्लामा उनी ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट सम्मानित भएका थिए । यस्तै रिपोटर्स क्लब नेपालको रजत महोत्सवमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट उत्कृष्ट कृयाशिल युवा पत्रकारिता पुरस्कार २०७९ बाट पनि उनी सम्मानित भएका छन् ।
चलचित्र पत्रकार संघमा सचिवको पद सम्हालेदेखी नबिन युट्युब भन्दा संगठनमा बढी केन्द्रित छन् । चलचित्र पत्रकारहरुलाई कसरी व्यवसायिक बनाउने, उनीहरुको हक, हित र समस्या समाधानका लागि के गर्न सकिन्छ, उनी त्यतातिर बढी केन्द्रित छन् ।
कतिपयले युट्युबे भनेको सुन्दा नबिनलाई चित्त बुझ्दैन । अहिले ठूला भनिएका मिडिया नै युट्युबलाई बढी प्राथमिकता दिईरहेका छन् । धेरैजसोले युट्युबकै कमाईको भरमा परिवार पालिरहेका छन् । धेरै युवा देशमा युट्युबकै कारण स्वरोजगार पाएका छन् । र, ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । स्वंय उनले घर बनाएर परिवारलाई राजधानीमै राखेका छन् । यो सबै देख्दा नबिनलाई गर्व लाग्छ । संघर्षमा चालेका उनका पाईलाहरु थाकेका छैनन् । बरु अविराम दौडिरहेका छन् ।



















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया