ललिता निवास प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पूर्जी

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा ५ पूर्व सचिवहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वसचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
स्रोतका अनुसार सचिवबाट अवकाश भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त र प्रमुख आयुक्त भएका बस्न्यात आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफ्नो सुरक्षामा खटिएका अंगरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका छन् ।
अरु आरोपितको छानबिन भइरहेको प्रहरीले जनाएको छ । बस्न्यात भौतिक योजना तथा निर्माणसहित विभिन्न मन्नत्रालयको सचिव भएका थिए । उनी भूमिसुधार सचिव भएको बेलामा सरकारी जग्गा व्यक्तिलाई दिलाउने गरी फाइल उठाएर मन्त्रिपरिषद्मा पेस गरेको आरोप छ ।
सिआइबीका एक अनुसन्धान अधिकृतले पक्राउ पूर्जी जारी भएका पूर्वसचिवाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया