बुधबार, माघ २१, २०८२

किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष तर्सनु पर्दैन : गृहमन्त्री

मेरोन्यूज २०८० असार २५ गते ६:२५

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु नपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री श्रेष्ठले दोषी र अपराधीलाई छुट नदिने उल्लेख गरेका छन् ।

‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन,’ गृहमन्त्री श्रेष्ठले लेखेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुने छैन।’

गृहमन्त्री श्रेष्ठले धनी र गरीब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नभएको बताएका छन् । ‘अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं,’ श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया