भारतले धौलीगंगाको बाँध खोल्ने, महाकाली किनारका बासिन्दालाई ‘अलर्ट’

दार्चुला । भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका २६ असारमा १५ घण्टाको लागि खोल्न लागिएको छ । यो परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोलिने जानकारी आएको छ । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न प्रशासनले अनुरोध गरेको छ । भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया