कस्ताे छ शाहरूखकाे ‘जवान’काे ट्रेलर ?

काठमाडौं । चार वर्षपछि फिल्म पठान मार्फत बलिउडमा फर्किएका अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक फिल्मको प्रिभ्यूमा शाहरुखको लुक्स र एक्सन अवतार जबर्जस्त छ । फिल्मलाई साउथ निर्देशक एट्ली कुमारले निर्देशन गरेका हुन् ।
दुई मिनेट १२ सेकेण्ड लामो टिजरमा एक्सन, थ्रिल र इन्टेन्स ड्रामाबाट भरपूर प्रिभ्यूमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत छन् ।
प्रिभ्यूमा ‘सरप्राइज’ अभिनेत्री दीपिका पादुकोणको इन्ट्री हो । फिल्ममा उनको अभिनय छ भन्ने जानकारी निर्माण टिमले गराएको थिएन । प्रिभ्यूमा उनलाई प्रस्तुत गर्दै फिल्ममा ‘स्पेशल अपिरियन्स’ रहेको उल्लेख छ । पानीमा कसैसँग भिड्दै गरेको अवस्थामा उनलाई प्रिभ्यूमा चित्रण गरिएको छ ।
यसअघि सार्ववनिक भएको फिल्मको पोस्टरले चर्चा बटुलिसकेको थियो ।
‘जवान’ पेन इन्डिया फिल्म हो, जुन हिन्दी, तमिल तथा तेलुगू भाषामा एकसाथ प्रदर्शनमा आउनेछ । गत वर्ष फिल्मको घोषणा हुँदा शाहरुखको लुक्सले ठूलो चर्चा कमाएको थियो । उनको अनुहारमा पट्टी बाँधिएको थियो । प्रिभ्यू टिजरमा पनि उनी यही लुक्समा प्रस्तुत छन् । केही दृश्यमा उनलाई रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ । ‘जवान’लाई ठूलो क्यानभासमा तयार पारिएको छ ।
फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएलगत्तै इन्टरनेटमा हंगामा मच्चिएको छ । ट्रेलर रिलिज भएको ७ घण्टा मै १ कराेड बढीले हेरिसकेका छन् ।
करिब २२० करोड भारु बजेटमा बनेको ‘जवान’ भदौ २१ गते रिलिज हुँदैछ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
प्रतिक्रिया