भारतले धौलीगंगा बाँध खोलेपछि महाकालीले सुरु गर्यो कटान

दार्चुला । भारतले धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली नदीले तटीय क्षेत्रमा कटान सुरु गरेको छ । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको जलविद्युत् परियोजनाको बाध खोलेको हो ।
२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरु खोलिएको परियोजनाले जनाएको छ ।
बिहान ५ बजेबाट बाँधका ढोकाहरु खोलिएपछि दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले जानकारी दिए ।
महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए ।
आइतबार परियोजना जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारका दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाएको थियो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया