काठमाडौँसहित कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने

काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
अहिले कोशी तथा मधेश प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आँशिक बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको छ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
महाशाखाले मेघगर्जन र चट्याङसहितको वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने तथा हावा हुरी गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमाअनुरोध गरेको छ।

















आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया