आइतबार, पुष ६, २०८२

प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधन

मेरोन्यूज २०८० असार २७ गते ९:२०

काठमाडौँ । प्रधानमन्त्री पत्नी सिता दाहालको ६९ वर्षको उपचारका क्रममा आज बिहान निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्माले सिताको बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगेका छन् । 

नर्भिक अस्पतालले औपचारिक जानकारी दिनका लागि साढे नौ बजे औपचारिक जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्दैछ ।

उनी लामो समयदेखि विरामी थिइन् ।

प्रतिक्रिया