प्रधानमन्त्री पत्नी सीताको अन्तिम संस्कार २ बजे आर्यघाटमा गरिने
मेरोन्यूज
२०८० असार २७ गते ९:३८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिताको दिउँसो दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले पशुपतिमा दिउँसो २ बजे अन्तिम संस्कार गर्ने जानकारी दिएको छ ।
त्यसअघि सिताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सिताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ ।
दाहालकी जीवनसंगिनी सीताको बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
यो पनि
सम्बन्धित
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया