अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने भ्रमणमा शुक्रबार नेपाल आउँदैछन्।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार मन्त्री लुले उच्च तहको राजनीतिक भेट गर्नेछन्। ‘जुलाई १४ मा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्नुहुनेछ र दूतावासका कर्मचारीहरूलाई पनि भेट्नुहुनेछ,’ दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको नेपालस्थित सदस्य संस्थासँग पनि भेट्ने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएपछि लु पहिलोपटक नेपाल आउन लागेका हुन्। लुले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ।
तर यो बीचमा प्रधानमन्त्री पत्नी वियोगमा परेकोले उनिसंगको भेट भने अनौपचारिक हुन सक्ने परराष्ट्रका एक अधिकारीले जनाए।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया