अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने भ्रमणमा शुक्रबार नेपाल आउँदैछन्।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार मन्त्री लुले उच्च तहको राजनीतिक भेट गर्नेछन्। ‘जुलाई १४ मा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्नुहुनेछ र दूतावासका कर्मचारीहरूलाई पनि भेट्नुहुनेछ,’ दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको नेपालस्थित सदस्य संस्थासँग पनि भेट्ने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएपछि लु पहिलोपटक नेपाल आउन लागेका हुन्। लुले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ।
तर यो बीचमा प्रधानमन्त्री पत्नी वियोगमा परेकोले उनिसंगको भेट भने अनौपचारिक हुन सक्ने परराष्ट्रका एक अधिकारीले जनाए।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया