दुई राष्ट्रसंघीय स्थायी नियोग र पाँच मुलुकमा राजदूत खाली, नियुक्तिको तयारीमा सरकार

काठमाडौँ । पाँच दूतावास र दुईवटा संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन छन् । न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत रिक्त छन् । त्यहाँ रहेका राजदूतहरू कार्यकाल सकिएर फर्किएका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएर फिर्ता भएका हुन् । उनीहरू सबे परराष्ट्र सेवाका सहसचिव हुन् ।
खाली भएका स्थानमा सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आगामी बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
रिक्त स्थान सहसचिव राजदूलको कार्यकाल सकिएर फिर्ता भएकाले सहसचिवलाई नै राजदूत बनाएर पठाउने तयारीमा सरकार लागेको छ ।
‘सकेसम्म चाँडो निर्णय गर्ने गरी राजदूत नियुक्ति सिफारिस गर्ने छलफल भइरहेको छ ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने ।
राजदूतको कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने निर्देशिकामा वयवस्था भए पनि कार्यकाल समाप्त भएर राजदूतहरू फर्केपछि पनि सरकारले नियुक्ति गरिसकेको छैन ।
राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
नयाँ राजदुत बन्न परराष्ट्र मन्त्रालयमा कार्यरत सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत लविइङ गरिरहेका छन् । माल्दिभ्समा भने नेपालको दूतावास छैन ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया