लगातार फिल्म फ्लप भएपछि अक्षयले घटाए पारिश्रमिक

काठमाडाैं । अक्षय कुमार यतिबेला आफ्नो करियरको खराब चरणबाट गुज्रिरहेका छन् । लामो समयदेखि अभिनेताले एक पनि हिट फिल्म पाएका छैनन् । यस्तो अवस्थामा उनको पारिश्रमिकमा पनि असर परेको छ । लगातार फ्लप भएका फिल्मका कारण हाइफाई शुल्क लिने कलाकारको सूचीमा शीर्ष स्थानमा रहेका अक्षयले आफ्नो पारिश्रमिक घटाएका छन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेताले आफ्नो शुल्कमा भारी कटौती गरेका छन्। हरेक फिल्मका लागि ५०–१०० करोड लिने अक्षयले लगातार फ्लप फिल्मका कारण फिल्म ओएमजी २का लागि ३५ करोड लिएकाे खबर सार्वजनिक भएकाे छ ।
लामो समयदेखि अक्षयको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सकेको छैन । हालै उनको फिल्म सेल्फीले १६.८५ करोड मात्रै कमाउन सक्याे । जबकि साेहि समयमा रिलिज भएकाे राम सेतुले ७१.८७ करोड कमाएको थियो । अभिनेताको फिल्म रक्षाबन्धनले पनि दर्शकको मन जित्न सकेन । फिल्मले कुल ४४.९८ करोड कलेक्सन गरेको थियो ।
अक्षयको फिल्म सम्राट पृथ्वीराजको पनि निकै आलोचना भएको थियो । फिल्मले ६८.०५ करोड कमाएको थियो । उनले सूर्यवंशीपछि एउटा पनि हिट फिल्म पाएका छैनन् ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया