बुधबार, माघ २१, २०८२

‘लभ यू-लभ यू’ लेखेको पत्रसहित मनमोहनका कर्मचारी मृत फेला

मेरोन्यूज २०८० असार २९ गते १७:१८

काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेण्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौँ प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगञ्ज प्रहरीले जनाएको हो । उनी पहिले फार्मेसीमा इञ्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ ।

नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन् । त्यस्तै नोटमा परिवारका सदस्यका नाममा ‘लभ यू-लभ यू’ लेखिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया