सरकारले गर्यो ६ नियोगमा राजदूत सिफारिस
मेरोन्यूज
२०८० असार ३० गते ७:५६

काठमाडौं । सरकारले रिक्त रहेका सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाबाहेक अन्य स्थानमा ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको हो।
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।
थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली र यूएईका लागि तेजबहादुर क्षेत्रीलाई सिफारिस गरिएको छ। यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।
सम्बन्धित










संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया