जनकपुरधाम-जयनगर रेल सेवा आजबाट महोत्तरीको भंगाहासम्म सञ्चालन हुने

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आजबाट महोत्तरीको भंगाहासम्म सञ्चालन हुने भएको छ । रेल सेवालाई विस्तार गरी आजबाट भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन गर्न लागिएको हो ।
रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । झाले जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला त्यहाँ पुग्ने बताए ।
अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ ।
रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा पनि हेरफेर गरिएको छ ।
अब महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया