भारतीय सेनामा भर्ती भएका किङकङ, जसले कलाकारितामा विश्व रेकर्ड राखे

काठमाडौँ । खोटाङ स्थायी घर भएका किङकङ राई जीवनमा नयाँ–नयाँ काम गर्न रुचाउँछन् । हाल भारतीय सेनामा कार्यरत उनका बुबा र हजुरबा पनि भारतीय सेनामै कार्यरत थिए ।
उनीहरूलाई देखेरै थुलुङलाई पनि भारतीय सेनामै जागिर खान मन लाग्यो । खोटाङ, छोरम्बुस्थित श्री शान्ति निकेतनबाट एसएलसी उत्तीर्ण गरेका उनी थप अध्ययनका लागि झापा हानिए । मेची बहुमुखी क्याम्पस, झापाबाट प्लस टु उत्तीर्ण गरी सन् २००९ मा भारतीय सेनामा भर्ती भए ।
राईको रहर त अरु क्षेत्रमा पनि थियो । कुनै समय उनलाई कलाकारिता, साहित्य खुब मन पथ्र्यो । पारिजात, बानिरा गिरी, भूपी शेरचन, लेखनाथ पौड्याललगायत साहित्यकारका रचनाहरू उनी खोजीखोजी पढ्थे । रुची भन्ने कुरा उमेर र परिवेश अनुसार फरक हुँदो रहेछ । उनको अनुभवले त्यो बताउँछ ।
पल्टनमा भर्ती हुनुअगाडि उनी गीत, कविता लेख्थे । पछि भिडिओ, युट्युबमा उनको रुची बस्यो । उनका इच्छा, आकांक्षाहरु परिवर्तन भए । ‘द मस्ट टेनिस बल टचेज युजिङ द ह्यान्ड इन् वन् मिनेट’ शीर्षकमा गिनिज वल्र्ड रेकडसर््मा आफ्नो नाम लेखाउन सफल व्यक्ति हुन्, राई । तत्कालिन उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले उनलाई सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।
राईले अहिलेसम्म ६ वटा म्युजिक भिडिओमा अभिनय गरिसकेका छन् । पाल्पा, पोखरा र काठमाडौँमा सुटिङ गरिएका भिडिओहरु युट्युबमा हेर्न सकिन्छ । अरु भिडिओहरु आउने क्रममा छन् ।
परदेश, त्यो पनि पल्टनको जागिर भएकाले राईलाई खासै फुर्सद मिल्दैन । कहिलेकाहीँ उनी नेपालको राजनीति, समसामयिक विषयमा अपडेट भइरहन्छन् । युट्युब र फेसबुकमा भिडिओ हेर्छन् । विभिन्न अनलाइन माध्यममा समाचार पढ्छन् ।

हरेक व्यक्तिका लागि मातृभूमि स्वर्गभन्दा प्यारो हुन्छ । राईलाई पनि याद नआउने कुरै भएन । ‘मलाई त ढुंगा, माटोको पनि याद आउँछ सर,’ उनले सुनाए, ‘यहाँको राजनीतिप्रति एकदम चासो हुन्छ, देश विकासको बाटो देश लम्कियोस् भन्ने लाग्छ ।’
अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो देश चिनियोस् भन्ने उनलाई लाग्छ । ‘हामी अरुको देशमा गुलामी गर्न जान नपरोस् भन्ने लाग्छ,’ उनले थपे ‘हाम्रो देशमा अरु मुलुकका नागरिक लाइन लागेर आउन परोस्, हाम्रो देशको पिआर लिन विदेशीहरु लाइन लागुन् ।’
भारतीय सेनाबाट अवकास लिएपछि तनमन दिएर राजनीतिमै लाग्ने सोचमा छन् राई । भ्रष्टाचारको अन्त्यका लागि युवाहरु जुर्मुराउन जरुरी भएको उनी बताउँछन्, उनी । कुनै पनि दलमा नलागी स्वतन्त्र रुपमा राजनीति गर्ने उनको सोच छ ।
नेपाली सिने जगतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि नयाँ चलचित्रमा बनाउने उनको लक्ष्य छ । साथै नयाँ शीर्षकमा विश्व रेकर्ड कायम गर्ने उनले अठोट लिएका छन् ।
फुर्सदमा घुम्न रुचाउने राईलाई भारतका गोवा, जम्मु कश्मिर, लद्दाख एकदमै मन परेका स्थानहरु हुन् ।
त्यस्तै नेपालमा आफ्नो जन्मभूमि खोटाङपछि तानसेन, काठमाडौँ उनलाई मनपर्ने स्थानहरु हुन् ।


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया