बिहीबार, माघ २२, २०८२

सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै

मेरोन्यूज २०८० साउन १ गते ८:३८

काठमाडौँ। सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज अदालतमा उपस्थित गराईदैँछ । 

सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराउन लागिएको हो । 

हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिएअनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो । 

प्रतिक्रिया