नेपाल प्रहरीका नौ जनालाई महानिरीक्षकले दिए पुरस्कारमा बढुवा
मेरोन्यूज
२०८० साउन १ गते १५:४३

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले नौ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् ।
महानिरीक्षक कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् ।
कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षक, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका हुन् ।
यस्तै्र, प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया