ककनी गाउँपालिकाले फोहोर ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने
मेरोन्यूज
२०८० साउन २ गते १९:४०

काठमाडौँ । ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने भएको छ ।
नगर पालिकाका अध्यक्ष सुमन तामाङले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी गरेकाले त्यो मुद्दा अन्तिम किनारा नलागेसम्म फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने निर्णय भएको जानकारी दिएका छन् ।
अध्यक्ष तामाङले ककनी गाउँपालिका, काठमाडौँ महानगरपालिकालगायत २३ स्थानीय तहसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठक २१ गते सिसडोल बञ्चरेडाँडामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न दिएको निर्देशन सहरी विकास मन्त्रालयले पालना नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले मन्त्रालयलाई प्रधानमन्त्री दाहालले दिएको निर्देशन कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।
यस्तो छ गाउँपालिकाको विज्ञप्ति

सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया